काठमाडौं : डा. गोविन्द केसीले फागुन १२ गते सुरु गर्ने भनेको २० औं अनशन स्थगित गरेका छन् । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सच्याएर संविधान रक्षाको माग गर्दै उनले फागुन १२ गतेदेखि अनशन बस्ने घोषणा गरेका थिए ।
बुधबार प्रेस वक्तव्य जारी गर्दै उनले विगतमा आफूसँग भएका सम्झौताहरू कार्यान्वयनका लागि नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान भने जारी रहने बताए ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको विषयमा गरेको ऐतिहासिक फैसलाले देशलाई प्रतिगमनको दिशातिर लैजाने प्रधानमन्त्री केपी ओलीको प्रयास तत्कालका लागि असफल भएको डा. केसीले प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया