लेटेस्ट न्युज
advertisement1

ननकोभिडको सेवा पुनः सुरु गर्न अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

Maryada News 2021-11-02 21:12:27
ननकोभिडको सेवा पुनः सुरु गर्न अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई ननकोभिडको सेवा पुनः सुरु गर्न निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै कोभिड १९ का बिरामीहरूको संख्या समुदाय र अस्पतालमा न्यून भएकाले ननकोभिड सेवा फेरि सुरु गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले कोभिड १९ संक्रमितहरूको उपचार व्यवस्थापन छुट्टै इकाइ मार्फत् हुने गरी नियमित ननकोभिड उपचार व्यवस्थापन गर्न सबै अस्पतालहरूलाई आग्रह गरिएको बताए । मन्त्रालयको तथ्यांक अनुसार देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १ सय ७४ रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्