लेटेस्ट न्युज
advertisement1

लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा पर्व मनाईंदै

Maryada News 2021-11-04 16:18:38
लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा पर्व मनाईंदै

काठमाडौँ : तिहारको तेस्रो दिन बिहीबार आज धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा पर्व मनाईंदैछ । बत्ती नबलेको घरमा लक्ष्मीको बास हुँदैन भन्ने विश्वास अनुसार आज साँझ घरको चारैतिर सफा सुग्घर गरी आँगन, दैलो, सङ्घार, मझेरी, झ्याल, ढोका, कौसी, अटाली, भर्याङ लगायतका ठाउँमा बत्ती बाली लक्ष्मीपूजा गरिन्छ ।

जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गर्ने धार्मिक विश्वासका आधारमा आजको दिन सम्पूर्ण नेपालीले धनकी देवी लक्ष्मीको पूजा दीपावली गरेर गर्ने परम्परा बसेको हो । बिहीबार(आज) नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए । 

यसै कारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकअर्थात् तिहारको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार दोस्रो दिन बुधबार र नरक चतुर्दशी तेस्रो दिन आज परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । 

यस वर्ष कात्तिक १६ गते मङ्गलबारदेखि यमपञ्चकअर्थात् तिहार पर्व सुरु भएको हो । दोस्रो दिन बुधबार काग र कुकुर तिहार पर्व मनाइएको थियो। तिहार नेपालीको दोस्रो ठूलो चाड हो ।

लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भनिन्छ । घरमा अन्न धेरै भित्रियोस् भनेर लक्ष्मीको पूजा गरिन्छ । घरघरमा लक्ष्मीभित्र्याउन घरको आँगनदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातो माटोले पोतेर लक्ष्मी हिड्ने बाटो तयार गरिन्छ ।

त्यसमा चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाएर केराको सुतलामा बत्ती बाल्ने गरिन्छ ।आजै साँझ लक्ष्मीपूजा गरेपछि केटाकेटी, युवति र महिलाहरु समूहसमूह बनाई घरघर गई हर्षोल्लासपूर्वक भैलो खेल्ने परम्परा छ ।

तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट उज्यालोतर्फका लागि भन्दै आत्मिक रूपमा सुख सन्तोष प्राप्त गरौं भन्ने भावनाका साथ भैलो खेलेर रमाइलो गरिन्छ । यसरी भैलोमाग्दै हिंड्ने समूहलाई धान, चामल, पैसा, नैवेद्य रसेलरोटी दान स्वरुप दिने चलन छ।

त्यति पाएपछि भैलेनी समूहले आशिष दिई लक्ष्मीधन्यको कामना गर्दछन् । इतिहासविद्हरुका अनुसार भलो होस् भन्दै घरघरमा गएर सन्देश दिनेचलनले पछि गएर भैलोको रुपमा निरन्तरता पाएको हो ।

तिहार झिलिमिलीबत्तीकोचाड पनि भएकोले विशेषगरी लक्ष्मीपूजाका दिन हरेक घरमा झिलिमिली बत्ति बालिन्छ । आजसाँझ रंगिविरंगी मैनवत्ती, बिजुलीबत्ती, प्याला बालेर घरघर झिलिमिली पारिने हुँदा यसअवसरलाई दिपावली पनि भनिन्छ । 

यसरी दिपावली गर्दा गाउँघरमा भने पानीको पँधेरो, गोठ, ढिकी, जाँतो, सङ्घार र घरकाचौकुना समेत बत्ति बाल्ने चलन छ । आज घरको आँगन, पिंढी,दलान, कोठामा गाईको गोबरले लिपेर शुद्ध पारी घरकाझ्याल ढोका साथै पानी सार्न प्रयो गर्ने गाग्री र लोटामा फूलका माला लगाएरसिगार्ने गरिन्छ । 

लक्ष्मीपूजाको रात घरमा लक्ष्मी प्रवेश गर्छिन् भन्ने धार्मिक मान्यता छ । त्यसैले घरका झ्यालढोकाबत्ती बालेर झकिझकाउ पारिन्छन् । बत्ती बालेपछि लक्ष्मीमाता स्थापना गरिन्छ । 

भएका गरगहना, पैसा, चामल, फलफूल, सेलरोटी, फूलमाला आदि सामग्री चढाएर लक्ष्मीको पूजाअर्चना गरिन्छ । लक्ष्मीपूजाका दिन गरगहनाको पूजा गरिने भएकाले बजारबाटसूनचाँदी लगायतधनमाल किन्ने चलन छ ।

थन्क्याएर राखिएका पूराना गरगहना समेत आज झिकेर लक्ष्मीस्थापना गरिएको कोठामा विधिपूर्वक राखी पूजा गर्ने चलन छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्