काठमाडौं : परोपकारी र उत्प्रेरक संस्था ब्लाईण्ड रक्सले आफ्नो सातौँ वार्षिकोत्सव सम्पन्न गरेको छ । भर्चुअल समारोहको वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उद्घाटन गरेका हुन । वार्षिकोत्सव समारोहमा दृष्य सञ्चारमा अपाङ्गता भएका व्यक्तिलाई मुलधारमा कसरी ल्याउने विषयक प्यानल बहस गरिएको थियो ।
प्यानलमा अग्रज पत्रकार दिलभूषण पाठक, कलाकार स्वस्तीमा खड्का र नाचघरका महाप्रबन्धक अशोक प्यासी राई रहेका थिए। समारोहमा संरचना र सोचमै अपाङ्गता मैत्री सोच नभएको भन्दै वक्ताहरुले सरोकारवालाहरुको ध्यानाकर्षण गराउका थिए । प्रमुख अतिथि वरिष्ठ कालकार मदनकृष्ण श्रेष्ठले ब्लाईण्ड रक्सले सिमित साधन स्रोतमा उल्लेख्य काम गरेका भन्दै थप योगदानका लागि शुभकामना सहित सरकारलाई विशेष कार्यक्रम ल्याउन अनुरोध गरेका थिए ।
सोही समारोहमा यस वर्षको दृष्टीविहीन क्रिकेट खेलाडी पदमबहादुर बडेलालाई सृष्टि उपमा प्रतिभा पुरस्कार र सावित्रा पौडेललाई ब्लाईण्ड रक्स ब्लुबर्ड अवार्ड हस्तान्तरण गरिएको संस्थाकी अध्यक्ष समेत रहेकी मोटिभेस्नल स्पीकर सृष्टि केसीले जानकारी दिईन्।
समारोहमा दृष्टिविहीन कलाकारहरुले मात्र अभिनय गरेको सर्ट मुभी द क्यासेट प्लेयरको पनि विमोचन गरिएको थियो । अन्य चलचित्र तथा नाटकमा दृष्टीविहीनको भूमिका गैर दृष्टीविहीनहरुले अभिनयमार्फत् प्रदर्शन गरिए झैँ सर्ट मुभीमा दृष्टीविहीनहरुले गैरदृष्टीविहीनहरुको सरल र रोमाञ्चक भूमिका निर्वाह गरेका थिए ।
प्रतिक्रिया