लेटेस्ट न्युज
advertisement1

राष्ट्रिय सभाको निर्वाचन माघ ७ अथवा १० गते गर्न निर्वाचन आयोगको प्रस्ताव 

Maryada News 2021-10-29 17:34:35
राष्ट्रिय सभाको निर्वाचन माघ ७ अथवा १० गते गर्न निर्वाचन आयोगको प्रस्ताव 

काठमाडौं । निर्वाचन आयोगले फागनुमा रिक्त हुन लागेको राष्ट्रिय सभाका २० सदस्यको निर्वाचन प्रस्ताव गरेको छ । आयोगले सरकारसँग माघ ७ अथवा १० गते निर्वाचन गर्न प्रस्ताव राखेको हो । 

सांसद चार वर्षे अवधि पूरा गरेर फागुन २१ गतेबाट २० सदस्य बिदा हुँदैछन् । राष्ट्रिय सभा सदस्यको समयावधि सकिने एक महिना अघि नै निर्वाचन भइसक्नुपर्ने हुन्छ ।

आयोगले माघ ७ वा १० गते निर्वाचन गर्न सकिने सरकारलाई जानकारी गराएको हो । सरकारले मिति भने तय भइसकेको छैन । प्रधानमन्त्री भ्रमणबाट फर्किएपछि मिति तय हुने स्रोतले बताएको छ । 

तर, सत्तारुढ नेपाली कांग्रेसको दल दर्ताको आह्वान हुनु अगावै महाधिवेशन सम्पन्न नभए सहभागी हुन नपाउने भएकाले मिति तय गर्न ढिलाई भएको बताइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्