काठमाडाैंः प्रतिनिधि सभा विघटनको विरुद्धमा परेकाे रिटहरूमध्ये १९ रिटकाे सुनावाइ आज बिहीबार हुँदै छ। विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा राष्ट्रपतिले बहुमत हुँदाहुँदै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधि सभाकाे गैरसंवैधानिक विघटन गरेकाे भन्दै गत साेमबार रिट दायर गरेकाे थियाे।
सर्वोच्चका अनुसार आज अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ हुनेछ। यस्तै संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटकाे पेशी भने भाेली शुक्रबारका लागि तोकिएको छ।
हालसम्म प्रतिनिधि सभा विघटनकाे विरुद्ध र प्रधानमन्त्रीमा शेरबहादुर देउवाकाे नियुक्तिकाे माग गर्दै ३० वटा रिट दायर भएका छन्। यस्तै प्रतिनिधि सभा पुनर्स्थापना भए पनि प्रधानमन्त्रीमा केपी शर्मा ओलीकै निरन्तरताकाे माग गर्दै चार वटा रिट दायर भएकाे छ।
प्रतिक्रिया