काठमाडौं : सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
भारतका लागि राजदूत सिफारिस गरिएका शर्मा अमेरिकाका लागि पूर्वराजदूत हुन् । यसअघि सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ती देशका राजदूत फिर्ता बोलाइसकेको छ ।
प्रतिक्रिया