काठमाडौं : कैलालीमा एक सय ६० घर डुबानमा परेका छन् । कर्णाली नदीमा आएको बाढीले कैलालीमा एक सय ६० वटा घर डुबानमा परेका हुन् । विहानैदेखि तटीय सतहभन्दा माथि उर्लिरहेको बाढी बस्तीभित्र पस्दा डुबानमा परेको हो ।
कैलाली स्थित जानकी गाउँपालिका–९ पाता भारमा रानीजमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेको नहरबाट पानी बस्तीसम्म पुगेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
‘‘प्रशासनको टोली घटनास्थलमै खटिएको छ । प्रभावित बस्तीलाई सुरक्षित स्थानतर्फ सारिँदैछ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनामा ठुलो क्षति पुगेको छ,” उनले भने । उनकाअनुसार क्षतिको थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया