काठमाडौं : दलित अधिकारकर्मी रीता परियारले दलित महिलाहरुलाई राज्यका सबै क्षेत्रमा पछाडी पारिएको बताएकी छन् । मर्यादा मिडियासँग कुरा गर्दै अधिकारकर्मी परियारले दलित समुदायका पुरुष भन्दा महिलाहरुको अवस्था झन् धेरै नाजुक रहेको बताएकी हुन् ।
उनी भन्छिन्, 'दलित महिला राजनीतिक आर्थिक तथा शैक्षिक सबै पक्षबाट वञ्चित भएका कारण पनि समाजमा खुलेर प्रस्तुत हुन सकेका छैनन् ।'
राज्यबाट नै उत्पीडनमा परेको समुदायलाई माथि उकास्न राज्यकै दायित्व प्रमुख रहने भएकाले यसमा सरकार गम्भीर बन्नुपर्ने उनको तर्क छ । उनले अधिकार प्राप्तिका लागि निरुन्तर आवाज उठाउनु पर्नेमा जोड दिएकी छन् ।
प्रतिक्रिया