काठमाडौं : पछिल्लो २४ घण्टाभित्र नेपालमा थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार कूल नौ हजार ६९७ जनाको नमूना परीक्षण गर्दा ५९१ जनामा कोरोना पोजिटिभ देखिएको हो । जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ५२३ र एन्टिजेन विधिबाट ६८ संक्रमित पहिचान भएका थिए ।
उक्त अवधिमा कूल सात हजार ६५४ जनाको पीसीआर र दुई हजार ४३ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो । उक्त अवधिमा कोरोना संक्रमणका कारण नौ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी, ९३७ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् ।
प्रतिक्रिया