काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत १३ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । निर्वाचन समितिले २१ हिमाली जिल्लामा दसैँअघि नै अधिवेशन सम्पन्न गर्ने घोषणा गरेको भएपनि कार्यतालिका अनुसार आठ जिल्लाको अधिवेशन भने हुन सकेन ।
१३ मध्ये दुई निर्वाचन क्षेत्र भएको एउटा मात्र जिल्ला गोरखामा अधिवेशन सम्पन्न भएको छ । बाँकी भने एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला हुन् ।
१३ जिल्लामा अधिवेशन सम्पन्न हुँदा ६ जना संस्थापन पक्षका सभापति निर्वाचित भएका छन् । ६ जना संस्थापनइतर पक्षका छन् । रुकुम पूर्वका सभापति केशरमान रोकालाई भने दुवै पक्षले आफ्नो दाबी गरिरहेका छन् ।
प्रतिक्रिया