लेटेस्ट न्युज
advertisement1

उद्योगमन्त्री हमालले बुझाए प्रधानमन्त्रीलाई राजीनामा 

Maryada News 2021-10-10 12:05:56
उद्योगमन्त्री हमालले बुझाए प्रधानमन्त्रीलाई राजीनामा 

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भनेर व्यापक आलोचना भएपछि उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन् । केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले प्रधानमन्त्री देउवालाई राजीनामा पत्र बुझाएका हुन् । उनले मन्त्री बनेको ३ दिनमै राजीनामा दिएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र बुझाएर आफ्नो निवासमा फर्किएका छन् । प्रधानन्यायाधीश राणाको कोटामा मन्त्री बनेको भन्दै हमालसँगै राणाको समेत चौतर्फी आलोचना भएपछि उनले आफू विवादमा नफस्ने भन्दै राजीनामा दिएको बताए । ‘म इमान र निष्ठाको राजनीति गर्ने मान्छे भएकाले मन्त्री नहुँदा पनि केही फरक पर्दैन ।

त्यसैले प्रधानमन्त्री देउवाजीलाई भेटेर राजीनामा बुझाएको हुँ,’ उनले भने । उनी प्रधानन्यायाधीश राणाका जेठान हुन् । सांसद नरहेका उनी असोज २२ गते मात्र कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्