लेटेस्ट न्युज
advertisement1

विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

Maryada News 2021-09-17 15:23:52
विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

काठमाडौं: विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्दैछ । कम्पनीले सर्वसाधारण लगानी कर्ताका लागि १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्न लगेको हो ।

कम्पनीले अधिकृत तथा जारी पूँजी ४६ करोड २८ लाख ५० हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने रकम बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको आईपीओ निष्कासनसम्बन्धी सम्पूर्ण कार्य प्रभु क्यापिटलले गर्नेछ ।

नियामक निकायको स्वीकृतिपछि सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ । कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थितमा छाखोला अपर माछाखोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । ४.५५ मेगावाटक्षमताको आयोजना निर्माण गरेको कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्