लेटेस्ट न्युज
advertisement1

चोक-चोकमा थुप्रियो फोहोर उपत्यका फेरि दुर्गन्धित

Maryada News 2021-09-15 17:30:14
चोक-चोकमा थुप्रियो फोहोर उपत्यका फेरि दुर्गन्धित

काठमाण्डौँ: काठमाण्डौँ उपत्यकामा फेरि चोक चोकमा फोहोर थुप्रिएको छ । महानगरपालिकाको कमजोर व्यवस्थापनका कारण उपत्यकामा फेरि फोहोर थुप्रिएको हो । गत साउनमा डम्पिङ साइटसम्म जाने बाटो खराब भएका कारण केही सातासम्म फोहोर उठ्न सकेको थिएन ।

भदौमा केही दिन फोहोर उठाइए पनि पुनः अवरुद्ध भएको छ । सडकमा जथाभावी थुपारिएको फोहोर नउठेका कारण सहरमा दुर्गन्ध फैलिएको छ ।

अहिले फेरि वर्षाका कारण बाटोको अवरोधले गर्दा काठमाडौँको फोहोर पूर्णरुपमा उठाउन नसकेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।  राजधानीको फोहोर डम्पिङ गर्दै आएको नुवाकोटको ओखरपौवा सिसडोल ल्याण्डफिल्ड साइट फोहोरले भरिएको र पानीका कारण बाटो भासिएकाले ढुवानीमा अवरोध आएको उपमेयर हरिप्रभा खड्गीले बताइन् ।

दैनिक १५० वटा महानगरको आफ्नै कन्टेनरका साथै निजी क्षेत्रको ढुवानीबाट समेत फोहोर व्यवस्थापन हुँदै आएकोमा बाटो तथा ल्याण्ड फिल्डकै कारण बारम्बार अवरोध आइरहेको खड्गीको भनाइ छ । उपमेयर खड्गीका अनुसार २ वर्षका लागि भनेर लिइएको ल्याण्ड फिल्ड साइड १५ वर्ष पुरा भइसक्दा समेत विकल्प नखोजिनुको परिणाम अहिले महानगरले भोगिरहेको छ ।

यद्यपि, बाटोको अवरोधका कारण फोहोर ढुवानीमा केही समस्या आए पनि निरन्तर राजधानीको फोहोर उठिरहेको र घाम लागेपछि सबै फोहोर उठ्ने महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्