लेटेस्ट न्युज
advertisement1

अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

Maryada News 2021-09-13 21:30:33
अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

सोलुखुम्बु : अत्याधिक रक्तश्रावका कारण खुम्बुपासाङ ल्हामु गाउँपालिकामा एक सुत्केरीको ज्यान गएको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर-२ की २५ वर्षीया चन्द्रकला राईको सोमबार बिहान १ बजे मृत्यु भएको हो ।

आइतबार साँझ ५स्४२ बजेको समयमा लुक्लास्थित पासाङ ल्हामु निकोलनिकी अस्पताल लुक्लामा सुत्केरी भएकी उनको मृत्यु भएको अस्पतालका डाक्टर अनेस केसीले बताए । सालनाल अड्किएपछि अत्याधिक रक्तश्राव भएको र रातको समयमा रेफर गर्न पनि समस्या भएकाले उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

चेकअपका लागि आइतबार बिहान ११ बजे ती महिला अस्पताल पुगेकी थिइन् । बच्चा जन्मिने बेलासम्म स्वास्थ्य राम्रो भए पनि सुत्केरीपछि उच्च रक्तश्राव भएको थियो । अहिले बच्चाको अवस्था सामान्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्