लेटेस्ट न्युज
advertisement1

दलित युवतीलाई विवाहकाे प्रलाेभनमा पारी हिंसा, १० दिनदेखि गाेठमा बन्धक बनाएर राखियाे

Maryada News 2021-05-30 10:42:31
दलित युवतीलाई विवाहकाे प्रलाेभनमा पारी हिंसा, १० दिनदेखि गाेठमा बन्धक बनाएर राखियाे

सर्लाहीः जिल्लाको विष्णु गाउँपालिकामा एक युवती घरेलु हिंसाको सिकार भएकी छिन्। विष्णु–७ दुलबाका स्थानीय शिवा राय यादवसँग भागी विवाह गरेकी युवती हिंसाको सिकार भएकी हुन् ।

गत वैशाख ५ गते सर्लाहीबाट भागी शिवा र युवती बारामा बसे। २० दिनपछि सर्लाही गाउँ फर्किए पनि शिवाले युवतीलाई  आफ्नो घर लान नमानेपछि ती युवती हिंसाको सिकार भएकी हुन्।

दुवै जनाको सल्लाहअनुसार शिवाले विवाह गर्ने भनी घरबाट लिएर भागेका युवतीलाई २० दिनपछि गाउँ फर्किएर ‘तिमी मुसहर समुदायकी केटी हौँ, तिमी आफ्नो घर जाऊ म तिमीसँग विवाह गर्दिनँ’ भनी छाडिदिएको पीडित युवतीले बताइन्।

आफ्नै घर जाँदा आमाबुवाले अस्वीकार गरेपछि आफू शिवाको घर गएको तर शिवाको परिवारले आफूलाई पशुचौपाया झैँ बन्धक बनाएर राखेको पीडित युवतीले बताइन्। शिवाको परिवारले ती युवतीलाई मुसहर समुदायकी युवती भन्दै दाउरा राख्ने गोठमा विगत १० दिनदेखि बन्धक बनाएर राखेको उनको भनाइँ छ।

शिवाले ‘तिमी मुसहर समुदायकी हौँ, तिमी यहीँ’ बस भनेर दाउरा राख्ने गोठघरमा छाडेर भागेको पीडित युवतीले बताइन्।  शिवाका परिवारले अहिले पीडित युवतीलाई गोठमै राखेर यातना दिइरहेको सर्लाहीका दलित अगुवा महेश पासवानले बताए। 

नेपाली समाजमा दलितका छोरीको जवानी चल्ने तर दलितले छोएको पानी नचल्ने परम्पराको अन्त्य हुनु आवश्यक रहेको पासवानको भनाइँ छ।

यता युवतीले प्रहरीमा किटानी जाहेरी दिए प्रचलित कानूनअनुसार युवकलाई कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए। प्रदेश नं २ का अधिकांश जिल्लामा जातीय तथा धार्मिक र वर्गीय परम्पराको अन्त्य नहुँदा यस्ता घटना निरन्तर घटिरहेको मानवअधिकारवादी मुकेश मिश्रले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्