लेटेस्ट न्युज
advertisement1

इम्बोस्ड नम्बरप्लेट जडानमा ढिलासुस्ती

Maryada News 2021-09-13 15:17:34
इम्बोस्ड नम्बरप्लेट जडानमा ढिलासुस्ती

काठमाडौं: पछिल्लो समय यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडानमा ढिलासुस्ती गरिरहेको छ । सवारी साधनमा जडान गरिएका साधारण नम्बर प्लेटलाई हटाउँदै इम्बोस्ड नम्बरप्लेट जडान गर्नुपर्नेमा विभागले ढिलासुस्ती गरेको छ ।

वि.सं.२०७४ भदौ ५ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले इम्बोस्ड नम्बर प्लेट जडानको उद्घाटन गरेका थिए । त्यसपछि इम्बोस्ड नम्बर प्लेट अंग्रेजीमा नभइ नेपालीमा हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर भएपछि नम्बरप्लेट जडान रोकिएको थियो ।

तर, उक्त रिट गतवर्ष ०७६ चैतमा सर्वोच्च अदालतले खारेज गरेसँगै विभागले ०७७ साउन १ गतेदेखि इम्बोस्ड नम्बरप्लेट जडानको काम थालेको थियोे । दोस्रो लहरको कोरोना महामारी तिब्र गतिमा फैलदा फेरि बीचैमा इम्बोस्ट नम्बरप्लेट जडानको काम रोकिएर अलपत्र परेको थियो ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार आर्थिक वर्ष ०७८÷७९ मा दु्रत गतिमा इम्बोस्ड नम्बरप्लेट जडानको काम अघि बढाएको बताउँदै आएका छन् । तर, इम्बोस्ड नम्बरप्लेट जडानमा निकै ढिलासुस्ति भएको विभागको तथ्यांकले देखाउँछ ।

देशभरका करिब ३६ लाख सवारी साधन विभागमा दर्ता भएका छन् । अहिलेसम्म पाँच प्रतिशतले मात्रै इम्बोस्ड नम्बरप्लेट सवारी साधनमा जडान गरेको महानिर्देशक घिमिरेको भनाइ छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्