काठमाडौं: सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेपछि प्रतिनिधि सभाको बैठक २७ गते सम्मका लागि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक २७ गते आइतबार १ बजेका लागि बोलाएका छन् ।
संसद्का अवका बैठकका बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ । एमाले सांसदहरुको अवरोधका बीच चलेको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८÷८९ को विनियोजन विधेयकको प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए ।
यस्तै शोक प्रस्तावलगायतका कार्यसूचीमा पनि बैठकमा छलफल भएको थियो । एमालेको अवरोधका बीच आजको बैठक तीन पटक स्थगित गर्दै सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया