लेटेस्ट न्युज
advertisement1

एमाले स्थायी समिति बैठक बस्दै, माधव नेपालसहित ११ जनालाई कारवाही हुन सक्ने

Maryada News 2021-05-24 11:48:40
एमाले स्थायी समिति बैठक बस्दै, माधव नेपालसहित ११ जनालाई कारवाही हुन सक्ने

काठमाडाैंः नेकपा एमालेकाे स्थायी समिति बैठक बस्ने भएकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साेमबार अपराह्न ४ बजे बैठक बस्ने भएकाे हाे।

स्थायी समिति बैठकमा पार्टीकाे आन्तरिक विवादसहित बजेट र पछिल्लाे राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएकाे छ। 

यस्तै गत शनिबारकाे स्थायी समिति बैठकले विघटित प्रतिनिधि सभाका माधव नेपाल र झलनाथ खनालसहित अन्य ११ जना सांसदहरूलाई स्पष्टिकरण साेध्ने निर्णय गरेकाे थियाे। आज बिहान स्पष्टिकरण दिने अवधि सकिएकाले त्यसबारे पनि थप छलफल गर्न बैठक बाेलाइएकाे हाे।

यता माधव नेपाल समूह भने स्पष्टिकरण नदिने बताउँदै विपक्षी गठबन्धनसँग मिलेर सर्वाेच्चमा रिट दायर गर्ने गएकाे छ।  ओली समूहका एक नेताका अनुसार आज बस्ने बैठकले माधव नेपालसहित स्पष्टिकरण साेधिएका ११ जनालाई कारवाहीकाे प्रकृया अघि बढाउने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्