काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको नेकपाको ओली समूहको संसदीय दलको बैठकमा उनले संसदमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका हुन्।
संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले संसदमा ध्यान केन्द्रित गर्न सांसदहरूलाई निर्देशन दिएका बताएको छ।
ओलीनिकट नेताका अनुुसार बैठकमा १ सय १५ जना सांसद उपस्थित थिए। तीमध्ये २४ जना राष्ट्रियसभा सदस्य र ९१ जना प्रतिनिधिसभा सदस्य हुन्।
प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजे बस्दैछ।
प्रतिक्रिया