काठमाडौं : प्रतिनिधिसभा बैठकले तीनवटा अध्यादेश स्वीकृत गरेको छ । शुक्रबार दोस्रोपटक बसेको बैठकले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन विधेयक २०७८ स्वीकृत गरेको हो ।
एमाले सांसदहरूको नाराबाजी भइरहँदा यी विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गरेका थिए । एमाले सांसदहरूको नाराबाजीकाबीच उक्त अध्यादेश स्वीकृत गरेर बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको छ ।
प्रतिक्रिया