लेटेस्ट न्युज
advertisement1

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

Maryada News 2021-07-18 16:59:41
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार मन्त्रिपरिषद्ले साउन २ मा गरेको सिफारिसअनुसार उक्त अध्यादेश खारेज भएको हो । 

नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख)बमोजिम संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

केपी ओली सरकारको पालामा जारी भएको सो अध्यादेशको चर्को विरोध हुँदै आएको थियो । यही अध्यादेशका आधारमा गरिएको संवैधानिक नियुक्तिका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ । 

संवैधानिक व्यवस्था अनुसार अध्यादेश खारेज नभए संसदको पहिलो बैठकमा पेश गर्नुपर्ने हुन्थ्यो । तर ओली सरकारका पालामा जारी भएको अध्यादेश संसदमा पेश नगर्नका लागि सरकारले खारेजीका लागि सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्