लेटेस्ट न्युज
advertisement1

हरितालिका तीजको रमझम 

Maryada News 2021-09-09 16:08:32
हरितालिका तीजको रमझम 

काठमाडौं :आज हरितालिका तीज । आज विशेष दिन, हिन्दू नेपाली महिलाले विशेष रुपले मनाउँदैछन् । काठमाडौं उपत्यकामा धेरै हिन्दू महिलाहरु पशुपतिनाथ लगायतका शिवमन्दिरहरुमा पुगेका छन् ।

त्यहाँ उनीहरुले मन्दिर तथा शिवालयमा भेला भएर शिवको पूजा गर्ने, नाचगान गर्ने गर्छन् । विवाहित महिलाले श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्न र अविवाहितहरुले असल वर पाउन व्रत बस्ने प्रचलन रहेको छ ।

विगतका वर्षहरुमा तीजका बेला पशुपतिनाथलगायतका शिवालयमा पूजा गर्न जाने महिलाको निकै ठूलो भीड लाग्थ्यो । तर गत वर्ष र यसवर्ष भने कोरोना भाइरसको महामारीका कारण मन्दिरमा पहिलेको तुलनामा भीड कम देखिएको छ ।

सरकारले भीडभाड नगर्न, मास्क लगाउन र व्यक्ति–व्यक्तिबीचको दूरी २ मिटर कायम गर्न आग्रह गरे पनि तीजको दिन मन्दिर पुग्नेहरुले स्वास्थ्य सुरक्षा मापदण्ड भने पालना गरेका छैनन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्