लेटेस्ट न्युज
advertisement1

कालोबजारीविरुद्ध विवेकशील साझाको सचेतनामूलक अभियान शुरु

Maryada News 2021-05-05 14:54:56
कालोबजारीविरुद्ध विवेकशील साझाको सचेतनामूलक अभियान शुरु

काठमाडौं : कोरोना महामारीले मुलुक त्रस्त भएका बेला विवकेशील साझा पार्टीले आपतमा परेका नागरिकलाई सहयोग गर्न दुईवटा हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । पार्टीले कोभिड-१९ हेल्पलाईन नम्बर र कालोबजारी हटलाइन नम्बर गरी दुईवटा नम्बर तोकेको हो । मोबाइल नम्बर ९८१३५७७२०७ को कोभिड हेल्पलाइनमा सम्पर्क गरेर आपतमा परेका कोभिड संक्रमित र परिवारका अन्य सदस्यले नजिकको अस्पताल, एम्बुलेन्स, अक्सिजन लगायतका बारेमा जानकारी लिन सक्नेछन् । हटलाईनमा उपलब्ध स्वयंसेवकहरुले विभिन्न निकाय र संयन्त्रसँग समन्वय गरी समस्या समाधान गर्न प्रयत्न गर्नेछन् । 
 
कोरोनाले मुलुक आक्रान्त भएका बेलामा सबै मिलेर सुशासन कायम राख्नुपर्ने अवस्थामा निषेधाज्ञासँगै कालोबजारी पनि मौलाएको समाचार आइरहेका बेला विवेकशील साझाले कालोबजारी विरुद्धपनि हटलाइन सञ्चालनमा ल्याएको हो । कालोबजारीमा परेमा वा देखेमा मोबाइल नम्बर ९८६१३३४०५१ मा सम्पर्क गर्न सकिने भएको छ । नागरिकहरुका हरेक दुःखमा जोडिन पार्टीले हटलाईन सुरु गरेको विवेकशील साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले बताए । 

'विपतमा विचौलियाको विगविगी विरुद्ध यो एउटा सुशासन अभियान हो, कालोबजारी विरुद्ध एउटा खबरदारी अभियान हो,' नेता परियारले भने सहायता समन्वयसंगै अब खबरदारी पनि आवश्यक देखियो।  यस अघि विवेकशील साझा पार्टीले  निषेधाज्ञाको समयमा अस्पतालमा बेड, एम्बुलेन्स, प्लाज्मा, खाद्यान्न, चिकित्सकीय सल्लाह लगायतका विषयमा जानकारी दिन र समस्या समाधानका लागि समन्वय गर्न गरिएको हटलाईन सेवा प्रभावकारी वनेको ठम्याई छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दुःखी

0%

अचम्मित

40%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्