लेटेस्ट न्युज
advertisement1

शेयर बजार साढे १७ अङ्कले बढ्यो, जलविद्युत् समूह फेरि लयमा

Maryada News 2021-08-26 16:54:40
शेयर बजार साढे १७ अङ्कले बढ्यो, जलविद्युत् समूह फेरि लयमा

काठमाडौं : दुई दिन लगातार उच्च अङ्कले घटेको शेयर बजार आज बिहीवार भने बढेको छ । नेप्से आज १७ दशमलव ५७ अङ्कले बढेर तीन हजार ९४ दशमलव शून्य एक विन्दुमा पुगेको छ । 

आज जलविद्युत् समूहको शेयर एक सय ६९ अङ्कले, विकास बैंकको शेयर दुई सय ४१ अङ्कले, फाइनान्सको एक सय २०, माइक्रोफाइनान्सको ३७ र होटल समूहको शेयर साढे ११ अङ्कले बढेको छ । बैंक, व्यापार, बीमा, अन्य र लगानी समूहको शेयर भने घटेको छ ।

आज कर्पोरेट र नारायणी विकास बैंक, श्री इन्भेस्टमेन्ट फाइनान्स, अरुण भ्याली हाइड्रो, आँखुखोला जलविद्युत्, घलेम्दी हाइड्रो, खानीखोला हाइड्रो, जीवन विकास लघुवित्त र गुहेश्वरी मर्चेन्ट बैंकको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । 

आज दुई सय ३२ कम्पनीका दुई करोड १६ लाख कित्ता शेयर १३ अर्ब ४२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ९३ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्