काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले धितोपत्र दोस्रो बजार (नेप्से) मा शेयर सूचीकृत भएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण सेयर गरी कुल २० लाख कित्ता शेयर बिहीवार सूचीकृत गराएको जनाएको छ ।
पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू. ११३ दशमलव ६२ देखि रू. ३४० दशमलव ८६ सम्मको मूल्य रेञ्ज तोकेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि नेप्सेले तोकेको हो ।
यस कम्पनीले सर्वसाधारणमा माघ १६ गते आईपीओ बाँडफाँट गरी सम्बन्धित शेयरधनीहरुको डिम्याटमा जम्मा गरिसकेको छ । धितोपत्र बजारकै इतिहासमा सबैभन्दा बढी कित्ता शेयर सर्वसाधारणमा जारी गरेको हो ।
प्रतिक्रिया