लेटेस्ट न्युज
advertisement1

२२ करोड ५० लाख बराबरको आईपीओ निष्कासन गर्दै न्यादी हाइड्रोपावर 

Maryada News 2021-09-24 15:23:17
२२ करोड ५० लाख बराबरको आईपीओ निष्कासन गर्दै न्यादी हाइड्रोपावर 

काठमाडौं: न्यादी हाइड्रोपावरले यही असोज १५ गते प्राथमिक सेयर  (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँअंकित मूल्यमा २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्राथमिक सेयर निष्कासन गर्ने भएको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्ट्याएको छ । बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले गएको भदौ १ गतेदेखि लमजुङका आयोजना प्रभावित स्थानीय र संस्थापक सेयरधनीका कर्माचारीलाई गरी १८ लाख कित्ता सेयर निष्कासन गरेको थियो । सो सेयर बाँडफाँड भइसकेको छ । 

आईपीओ निष्कासनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । आईपीओमा सर्वसाधारणले असोज १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । 

कम्पनीले लमजुङमा ३० मेगावाटको न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  कम्पनीमा बुटवल पावरको समेत लगानी छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्