राणा शासनकालमा सर्वे सर्वा राणाहरू नै थिए। उनीहरू विरूद्ध कानुन लाग्दैन थियो। शासकहरू सबैलाई रैतीको रूपमा हेर्ने गर्थे। आफ्ना मन पर्नेलाई मौजा नै निःशुल्क दिन्थे। त्यो जहानियाँ शासनकाल प्रत्यक्ष देखे भोगेकाहरूमा त्यस समयको सामन्ती संस्कार यथावत रह्यो। व्यवस्था परिवर्तन भए पनि व्यवहार परिवर्तन भएन। त्यसपछिको राजतन्त्र पनि राणा शासनकै परिष्कृत रूप रह्यो।
राजा सर्वेसर्वा अनि मन परेका रैतीलाई खुकुलो रूपमा शक्ति हस्तान्तरण। शक्ति र सत्ता पूर्ण नियन्त्रण रह्यो राज सिंहासनमा। हामीले जान्दासम्म सिडियो रअञ्चलाधीशमा शक्ति केन्द्रित थियो । रैतीलाई क्रुर सजायदेखि माफी मिनाहा दिने सम्पूर्ण तजबिज राजादेखि ससाना राजाहरूसँग थियो। कानुन र नीति नियम व्यक्तिमा सिमित थियो। त्यति बेला जन्मे हुर्केका हामी सबैमा त्यही संस्कारको गहिरो छाप अनवरत रह्यो। हालका नेताहरूमा पनि “ राजकीय शासनशैली” को निरन्तरता यथावत छ। यसले पनि परिवर्तन सम्भव भएन।
गणतन्त्रसम्म आइ पुग्दा पनि सोच, संस्कार, मनोविज्ञान र दम्भ यथावत छ। आफूलाई सर्वशक्तिमान् ठान्ने र खोक्रो आडम्बर देखाउँदै वितण्डा मच्चाउने शासकको प्रत्यक्ष मारमा जनता पिल्सिरहेका छन् ।
भलै कुनै राजा केही विवेकशील थिए होलान् तर राजाबाट शक्ति प्राप्त गर्ने बैध लुटेराहरू र राजपरिवारका केही ऊद्धण्ड व्यक्तिहरूको कारण सत्ता टिकेन। चेतना सदैव सामन्ती रह्यो। आजको गणतन्त्रसम्म आउँदा पनि सोच, संस्कार, मनोविज्ञान, दम्भ यथावत छ। सत्ता र शक्ति प्राप्त गर्ने बित्तिकै शासकले आफूलाई सर्वशक्तिमान् राज नेतामा रूपान्तरित भएको खोक्रो आडम्बर महसुस गर्दै चौतर्फी वितण्डा मच्चाउन सुरू गर्दछ जसको प्रत्यक्ष्य असर हामी सर्वसाधारण हालसम्म भोग्दै छौँ।
समाधान यस्तो हुन सक्छ
अबका कुनै पनि शासकहरू शिष्ट, शालीन, विवेकशील र निष्ठाप्रति पूर्ण प्रतिबद्ध हुनै पर्दछ। आजसम्म सत्ता हातमा लिने कुनैपनि दलका कुनै पनि नेता कार्यकर्ताहरूको गम्भीर अयोग्यता पुनः प्रयोग हुनु देशप्रति महान् धोका हो।
आजसम्म सत्ता परीक्षण गर्न बाँकी दलहरू मध्ये विवेकशील साझा अबको सम्भावना हुनसक्छ। अथवा कुनै पनि निष्ठाप्रति पूर्ण प्रतिबद्ध नयाँ शक्तिको अब उद्घाटन हुनैपर्छ।
जय शिष्टाचार !
- सुमन दाहाल
प्रतिक्रिया