काठमाडौं : नेकपा प्रचण्ड माधव समूह निकट अखिल नेपाल महिला संघले महिला हिंसा र बलात्कारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ।
आइतबार महिला संघले महिला हत्या, हिंसा र बलात्कारको विरोधमा प्रदर्शन गरेको हो। काठमाडौंको शान्तिबाटिकाबाट सुरु भएको प्रदर्शन नाराबाजी गर्दै बसन्तपुरमा पुगेको थियो। विरोध प्रदर्शनमा प्रचण्ड माधव समूहकी नेतृ अष्टलक्ष्मी शाक्य, अनेम संघका इन्चार्ज अमृता थापामगर, नेतृ शशी श्रेष्ठ लगायतले गरेका थिए।
प्रतिक्रिया