लेटेस्ट न्युज
advertisement1

चार वर्षपछि गाउँमा बिजुली

Maryada News 2021-06-22 09:28:49
चार वर्षपछि गाउँमा बिजुली

हुम्लाः जिल्लाको मध्यक्षेत्रमा रहेको चङ्खेली गाउँपालिकाको मेलछाम गाउँमा चार वर्षपछि बिजुली पुगेकाे छ। वडा नं ६ स्थित मेलछाम गाउँमा बत्तीकाे उज्यालो देख्न पाउँदा स्थानीयवासी खुसी भएका छन्।

चार वर्षअघि शुरु भएको खापरखोला लघुजलविद्युत् आयोजना सम्पन्न भएर शनिबारदेखि वडा नं ६ का सबै नागरिकले बिजुली बाल्न पाएको स्थानीयवासी मक्कवीर बुढाले जानकारी दिए। उनका अनुसार आयोजनाका प्रबन्धक छक्कबहादुर मल्ल, इन्चार्ज करण बुढथापालगायतको टोलीले प्राविधिक पक्षमा मेहनत गरी गाउँलाई झिलिमिली बनाउन सफल भएको हो।

अहिले वडा नं ६ का गाउँमा मात्रै बिजुली बलेको भए पनि आयोजनाको क्षमता बढाएर केही महिनापछि पूरै चङ्खेली गाउँपालिकाभरि सञ्चालनमा ल्याउने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्