लेटेस्ट न्युज
advertisement1

नबिल बैंकको ३६ लाख कित्ता बढी शेयर सूचीकृत

Maryada News 2021-08-14 17:18:10
नबिल बैंकको ३६ लाख कित्ता बढी शेयर सूचीकृत

काठमाडौं : शुक्रबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३६ लाख कित्ता बढी शेयर सूचीकृत भएको छ । आज नेप्सेमा नबिल बैंकको ३६ लाख ४२ हजार ९ सय २१ दशमलव २६ कित्ता शेयर सुचिकृत भएको हो ।

बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति गरेपछि फाइनान्सतर्फबाट आएको यी शेयर आज सुचिकृत भएको हो । नबिल बैंकले युनाइटेड फाइनान्सलाई १स्०।३५ को स्वापमा  प्राप्ति गरेको हो । 

यस अनुसार युनाईटेड फाइनान्सको १०० कित्ता शेयर हुनेले नबिल बैंकको ३५ कित्ता शेयर पाउने छन् । थप शेयर सुचिकृत भएसंगै नेप्सेमा  नबिल बैंकको सुचिकृत शेयर संख्या १३ करोड ८४ लाख ४४ हजर ५ सय १२ कित्ता पुगेको छ ।

शेयर सुचिकृत भएसंगै साविकको युनाईटेड फाइनान्सका शेयरधनीको खातामा यी शेयर आएपछि कगनिकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्