लेटेस्ट न्युज
advertisement1

अरुण तेस्रो आयोजनाको सुरुङभित्र ढुङ्गा खस्दा गम्भीर घाइते

Maryada News 2021-08-12 16:27:24
अरुण तेस्रो आयोजनाको सुरुङभित्र ढुङ्गा खस्दा गम्भीर घाइते

संखुवासभा : कर्तव्य ज्यान मुद्दामा २१ वर्ष छ महिना कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–१ कुसुन्डेडाँडा बस्ने ५१ वर्षीय मक्रान्ति साहिला भनिने प्रेमबहादुर सार्की रहेका छन् ।

नवजात शिशु मारेको अभियोगमा सार्की फरार रहेकामा उनलाई बुधबार पक्राउ गरिएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । जिल्ला अदालतले २०६० वैशाख ११ गते निजलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएकामा पोखरा पुनरावेदन अदालतले २०६० कात्तिक १८ उक्त फैसला सदर गरेको थियो ।

कर्तव्य ज्यान मुद्दामा तत्काल पक्राउ परेकी टीकामाया अम्गाईँ भन्ने टीका थापाको बयानमा निज सार्कीले नै जबर्जस्ती करणी गरेकाले गर्भ रहन गएको  र छोरी जन्मिएपछि खरबारीमा लगेर हत्या गरेका थिए  । 

चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ

चेक अनादर मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–२ बस्ने ४९ वर्षीय रामचन्द्र पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला अदालतले निजलाई दुई छुट्टाछुटै   मुद्दामा एक महिना कैद  गर्नाका साथै रु तीन हजार र ११ लाख २० हजार जरिवानाको फैसला सुनाएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्