लेटेस्ट न्युज
advertisement1

अवरुद्ध महाकाली राजमार्ग खुल्यो    

Maryada News 2021-08-10 20:56:42
अवरुद्ध महाकाली राजमार्ग खुल्यो    

बैतडी : लगातारको वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग सञ्चालनमा आएको छ ।राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा आज बिहानैदेखि आवतजावत बन्द भएको थियो ।

पहिरोलाई दुईवटा जेसिबीको सहयाताले पन्छाएपछि दिउँसोदेखि राजमार्ग खुलेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । अवरुद्ध राजमार्ग खुलेसँगै राजमार्ग पूर्णरुपमा सञ्चालमा आएको र रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

सडक विस्तारको काम चलिरहेको उक्त सडकखण्डमा बेलाबेला पहिरो खस्ने गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताए । 

पहिरो पन्छाएर सवारी आवागमन शुरु भएको भएपनि उक्त क्षेत्रमा फेरि पहिरो खस्ने जोखिम रहेको बताइएको छ । गत असारदेखि हालसम्म पहिरोका कारण उक्त क्षेत्रमा १५ भन्दा बढी पटक सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।     
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्