लेटेस्ट न्युज
advertisement1

नेप्सेमा १.४७ अंकको वृद्धि, ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

Maryada News 2021-08-09 16:22:31
नेप्सेमा १.४७ अंकको वृद्धि, ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको पहिलो दोस्रो दिन आज सोमबार झिनो अंकको बृद्धि आएको छ । आज नेप्से १.४७ अंकले बढेर तीन हजार एक सय ९ दशमलब ६० विन्दुमा पुगेको छ ।  

नेप्सेका अनुसार आज १४ अर्ब १३ करोड ३७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका पाँच समूहको बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।    

त्यस्तै, आज कारोबार भएका कम्पनीमध्ये ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । शेयरमूल्यमा सर्किट लाग्ने कम्पनीहरुमा आईसीएफसी फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्श, युनियन हाइड्रोपावर लिमिटेड, जीवन विकास लघुवित्त वित्तिय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।  
      
त्यसैगरि, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज करिब ६७ करोडको कारोबार भएको छ ।       
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्