लेटेस्ट न्युज
advertisement1

नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुन्छः सञ्चारमन्त्री गुरुङ

Maryada News 2021-02-21 09:30:17
नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुन्छः सञ्चारमन्त्री गुरुङ

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताएका छन्। 

नेपाल पत्रकार महासङ्घ युरोप शाखाको चौथो अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

नेपालको राजनीतिक अवस्था बारेमा त्यति धेरै चिन्ता लिनुपर्ने आवश्यकता नभएकोले तत्काल समस्या देखिए पनि राजनीतिक दलहरु आपसी छलफल गरी निचोडमा छिट्टै पुग्ने विश्वास व्यक्त गरेका हुन्।

उनले सरकार र पत्रकारबीच घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै महासङ्घको नयाँ नेतृत्वसँग आगामी दिनमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धतासमेत जनाएका छन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्