काठमाडौं : बुधबार राजधानीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले विरोध सभा पुरानोबसपार्क-भद्रकाली सडकखण्डमा आयोजना गरेको छ । उक्त समूहका नेता कार्यकर्ताहरु भृकुटीमण्डपमा भेला हुँदैछन् ।
यसपटकको विरोध कार्यक्रममा मञ्चबाट सोफा हटाइएको छ । संसद विघटनपछि सरकारको असंवैधानिक कदम भन्दै सडकमा "हामी यहाँ छौँ" लेखिएका प्लेकार्ड समातेर प्रचण्ड, माधव नेपाल लगायतका नेताहरु सडकमै बसेर विरोध जनाएका थिए । यसअघि पुस १४ गते गरिएको विरोध सभामा मञ्चमै सोफा राखिएपछि चर्को आलोचना खेपेका उनीहरुले आजको सभामा भने मञ्चबाटै सोफा हटाएका हुन् ।
मन्त्रीपरिषदको सिफारिसमा गत पुष ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजित भएको छ । संसद विघटनपछि चरणबद्ध देशभर नै विरोधका कार्यक्रम भइरहेका छन् ।
आजकोको विरोधसभामा अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झॉक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी, जनार्दन शर्मा, देव गरुङ, रघु पन्त, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका वक्ताहरूले सम्बोधन गर्नेछन् ।
प्रतिक्रिया