काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोमबार दिउँसो ३ बजे सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको मन्त्रिपरिषद बैठकमा हिजो मात्रै सरकारले सार्वजनिक गरेको साझा कार्यक्रममाथि छलफल गर्नुका साथै त्यसको कार्यान्वयनका लागि आवश्यक निर्णय गर्नेछ । साथै बैठकमा केही राजनीतिक नियुक्तिबारे समेत छलफल हुनसक्ने एक मन्त्रीले बताए ।
‘बैठकका एजेण्डा खुलाइएको छैन । नियमित कामका लागि केही महत्वपूर्ण निर्णय हुनसक्छन्’ ती मन्त्रीको भनाइ छ ।
प्रतिक्रिया