काठमाण्डू, सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपालविद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै सरकार विरोधी गतिविधि सुरु भएको छ।
कुलमानका समर्थकहरूले काठमाडौँका विभिन्न क्षेत्रमा मंगलबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन्। अहिले दिउँसो भने कुलमानका समर्थकहरू माइतीघरमा प्रदर्शन गरिरहेका छन्।
प्रदर्शनसहितको जुलुस अहिलेम माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेको छ। प्रदर्शनकारीले लोडसेडिङ चाहिँदैन, कुलमानलाई हटाउन पाइँदैन, कुलमान लेखेको ब्यानरसहित प्रदर्शन गरिरहेका छन्।
नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोकिएको छ। प्रहरीले सडकमा निषेधित क्षेत्र लेखेको पोस्टरसहित सडकमा बार लगाएका छन्।
प्रतिक्रिया