लेटेस्ट न्युज
advertisement1

ब्रह्माण्डकै रहस्यमय जीव, जाे पृथ्वी नै ध्वस्त भए पनि बाँच्न सक्छ

Maryada News 2021-02-20 20:54:41
ब्रह्माण्डकै रहस्यमय जीव, जाे पृथ्वी नै ध्वस्त भए पनि बाँच्न सक्छ

एजेन्सी-  आठवटा खुट्टा भएको सुक्ष्म जीव टार्डिग्रेड्सको वंशाणु (जिन) को अध्ययनपश्चात एक असाधारण क्षमताको पहिचान भएको छ । एक मिलिमिटर वा त्योभन्दा पनि सानो आकारको यो जीव विकिरणयुक्त क्षेत्र, अत्यधिक चिसो ठाउँ, खतरनाक सुख्खा ठाउँमा मात्र होइन, अन्तरीक्षमा पनि बाँच्न सक्दछ ।

शोधकर्ताहरुले यसका दुईवटा प्रजातिहरुको डिएनए डिकोड गरेर  यसमा एउटा जिन पत्ता लगाएका छन् । सोही जिनका कारण यो जीवले निकै प्रतिकुल वातावरणमा पनि आफूलाई बँचाइराख्न सक्दछ र पुनः तंग्रिएर उठ्न सक्दछ । यसको जिउको आकारका कारण यसलाई पानीको भालु पनि भन्ने गरेको पाईन्छ ।

वैज्ञानिकहरुका अनुसार पृथ्वीमा जस्तो प्रलय भएर अरु सबै जीवजन्तु मरे पनि यो पानीभालु चाहिँ बाँच्न सक्ने अनुमान लगाईएको छ । यो जीव प्रायः जलाशय सुकेर सुख्खा बनेका क्षेत्रमा पनि पाइन्छ । यसले निकै सुख्खा वातावरणमा पनि आफूलाई ज्यूँदै राख्दछ र वर्षौंपछि सुख्खा ठाउँमा पानी भरिँदा पुनः उठ्ने क्षमता विकसित गरेको हुन्छ ।

वैज्ञानिकहरुका अनुसार, यो जीवको यस्तो असाधारण क्षमताको कारक तत्व एउटा विशेष जिन हो । उक्त जिन सुख्खा परिस्थितमा सक्रिय हुन्छ र यस जीवको कोशिकाहरुमा पानीको ठाउँ लिन्छ । जब सुख्खा ठाउँमा पानी पर्दछ तब उक्त जिन निस्क्रिय हुन्छ र शरीरका कोशिकाहरुमा पुनः पानी भरिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

33.33%

खुसी

0%

दुःखी

33.33%

अचम्मित

33.33%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्