लेटेस्ट न्युज
advertisement1

सत्तारुढ गठबन्धनको कार्यदलको बैठक साँझ फेरि बस्ने

Maryada News 2021-08-03 16:13:11
सत्तारुढ गठबन्धनको कार्यदलको बैठक साँझ फेरि बस्ने

काठमाडौं : सत्तारुढ गठबन्धनको न्युनतम साझा कार्यक्रम तयार पार्न मंगलबार विहान बसेको कार्यदलको बैठक साँझ फेरि बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धन सरकारको साझा कार्यक्रमको मस्यौदामाथि छलफल भएको थियो ।

कार्यदलका सदस्यसचिव केशव जोशीका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रम मंगलबार नै टुंगो लगाउने तयारी छ ।कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई बुझाएपछि सार्वजनिक गरिने एक सदस्यले बताए । कार्यदलको प्रतिवेदनपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने कांग्रेस महामन्त्री एवं कार्यदलका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिए ।

कांग्रेस महामन्त्री खड्का संयोजकत्वको कार्यदलमा कांग्रेसबाट डा। मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्