काठमाडौं : आज रातिदेखि सङ्घीय संसदका दुवै सदनको अधिवेशन अन्त्य हुने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाका अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफरिस गरेको थियो ।
सरकारको सिफारिसका आधारमा राष्ट्रपति कार्यालयले सदन अधिवेशन अन्त्यको जानकारी दुवै सदनमा पठाइसकेको छ । राष्ट्रपति कार्यालयबाट सङ्घीय संसद्लाई पठाइएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका छन्।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि साउनको ३ गते अधिवेशन सुरु भएको थियो ।
प्रतिक्रिया