काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने कुनै निर्णय नभएको जनाएको छ । बोर्डले परीक्षा स्थगित भएको भन्नेबारे भ्रममा नपर्न पनि आग्रह गरेको छ । कक्षा १२ को परीक्षा आउन अझै दुई साता बाँकी रहेकाले यसबारे हालसम्म कुनै निर्णय नभएको बोर्डले जनाएको हो ।
बोर्डले यो एक हप्ता कोरोना संक्रमणको अवस्था र परिस्थितिबारे हेर्ने बताएको छ । यस्तै विभागले विद्यार्थीहरुलाई अन्योलमा नपरी परीक्षाको तयारीमा जुट्न समेत आग्रह गरेको छ ।
प्रतिक्रिया