काठमाडौं : ताप्लेजुङ मेची राजमार्गअन्तर्गत ल्याङ्बामा बोलेरो जिप दुर्घटना भएको छ । ताप्लेजुङ सदरमुकामबाट सिरिजङ्घा गाउँपालिकाको तेल्लोकतर्फ जाँदै गरेको जिप मेची राजमार्गअन्तर्गत ल्याङ्बामा दुर्घटना हुँदा १८ जना घाइते भएका हुन् ।
मे १ ज २०५६ नम्बरको बोलेरो जिप दिउँसो १२ः३० बजेतिर ब्रेकफेल भई दुर्घटना भएको ताप्लेजुङ प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी बानबल नरसिंह राणाले बताए ।
उनका अनुसार सामान्य घाइतेहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको र गम्भीर घाइते ९ जनालाई थप उपचारका लागि झापा पठाइएको छ ।
प्रतिक्रिया