काठमाडौं: फ्लोर क्रस गर्ने कर्णाली प्रदेशका चार जना एमाले सांसदलाई पदमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । पार्टीको ह्वीपविपरित 'फ्लोर क्रस' गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय सदर भएको हो ।
सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले यस्तो आदेश गरेको हो। यससँगै सांसदहरु प्रकाश ज्वाला, अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्द सिंह बुढाको सांसद पदबाट पदमुक्त भइका छन् ।
प्रतिक्रिया