लेटेस्ट न्युज
advertisement1

मानवअधिकार तथा शान्ति समाज काठमाडौंको सभापतिमा पुडासैनी

Maryada News 2021-07-31 21:48:52
मानवअधिकार तथा शान्ति समाज काठमाडौंको सभापतिमा पुडासैनी

काठमाडौं :मानवअधिकारको संरक्षण एवं शान्तिका लागि अभियान चलाउँदै आएको मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखा सभापतिमा ईश्वर पुडासैनी निर्विरोध निर्वाचित भएका छन् ।     
     
शाखाको शुक्रबार राजधानीमा आयोजित २४औँ अधिवेशनले पुडासैनीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः भगवान् पुडासैनी, प्रमोद फुँयाल, रमेशकुमार बराल र विकास थापा सर्वसम्मत निर्वाचित भएका छन्।     
     
शाखा कार्यसमिति सदस्यहरुमा सानु लामा, रोज विष्ट, तारा रसाइली, आरएस महतो, सुरज बोहोरा, बद्री पुडासैनी, सार्जन चापागाईँ, माया भट्टराई, रमेश पुडासैनी र प्रमिला भण्डारी निर्वाचित भएका थिए । 
     
यसअघि अधिवेशन उद्घाटन समारोहमा बागमती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, जोरपाटी गाविसका पूर्वअध्यक्ष गोपाल बराललगायतले जिल्ला एवं स्थानीयस्तरमा मानवअधिकारको संरक्षण संवर्द्धनमा अझ उत्साहका साथ काम गर्न शाखाको नयाँ समूहलाई आह्वान गर्दै अधिवेशन सफलताको कामना गरेका थिए ।     


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्