लेटेस्ट न्युज
advertisement1

मुगु बस दुर्घटना : प्रदेश प्रहरी कार्यालय सुर्खेतद्धारा छानबिन समिति गठन

Maryada News 2021-10-14 17:04:20
मुगु बस दुर्घटना : प्रदेश प्रहरी कार्यालय सुर्खेतद्धारा छानबिन समिति गठन

काठमाडौँ : कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको सो कार्यालयले जनाएको छ ।

मुुगुमा मंगलबार भएको बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ । समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हबल्दार हरि लामिछाने सदस्य छन् ।

नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिद्वारा सञ्चालित भे१ख ३१६७ नम्बरको उक्त बस मंगलबार जुम्ला–मुुगु सडकखण्डमा पर्ने पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए । समितिले घटनाको अनुसन्धान प्रतिवेदन तयार गरी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरसमक्ष पेस गर्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्