लेटेस्ट न्युज
advertisement1

अश्लिल सामाग्री पाेस्ट गर्ने शर्लिनले मागिन् अग्रीम जमानत

Maryada News 2021-02-19 17:20:35
अश्लिल सामाग्री पाेस्ट गर्ने शर्लिनले मागिन् अग्रीम जमानत

एजेन्सी- बलिउड अभिनेत्री शर्लिन चाेपडाले जमानत माग गरेकी छिन्। अश्लिल सामग्री पोस्ट गरेको अभिययोगमा मुद्दा खेपिरहेकी अभिनेत्री चोपडाले भारतकाे उच्च अदालतमा आफूले अग्रीम जमानत पाउनुपर्ने भन्दै निवेदन दिएकी छिन्। 

शर्लिनमाथि अश्लिल वेवसाइटमा निःशुल्क अश्लिल सामग्री सर्वाजनिक गरेको अरोप छ। शर्लिनले भने ती सामग्री सब्स्क्रिप्सनमा आधारित इन्टरनेशनल पोर्टलका लागि बनाइएको र आफू पाइरेसीको सिकार भएको दाबी गरेकी छिन्।

२०२० काे ३१ अक्टोवरमा ६७ वर्षीय रिटायर्ड कस्टम एण्ड एक्साइज अफिसर मधुकर केनीले शर्लिनविरुद्ध साइबर पुलिसमा उजुरी दिएका थिए । त्यसपश्चात अनुसन्धानकाे दायरामा रहेकी ३७ वर्षीया चाेपडाले आफू निर्दाेष भएकाे भन्दै अग्रीम जमानत पाउनुपर्ने बताएकी छन्। 

शर्लिन यसअघि भारतीय रियालिटी साे बिग बसमा समेत प्रतिस्पर्धी रहिसकेकी छिन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्