काठमाडौं : पछिल्लो २४ घण्टामा थप २७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल १२ हजार ८२९ जनाको नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यस्तै कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९६६१ पुगेको छ। पछिल्लो २४ घण्टामा १२८८ जना संक्रमणमुक्त भएका छन्।
प्रतिक्रिया