लेटेस्ट न्युज
advertisement1

उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा थपियो, लामो दूरीका यातायात चल्ने

Maryada News 2021-07-15 18:43:44
उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा थपियो, लामो दूरीका यातायात चल्ने

काठमाडौँ: काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्बिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच आज बसेको बैठकले जारी निषेधाज्ञा साउन १० गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर काठमाडौं आउन पाउने निर्णय गरेको छ । बैठकका अनुसार यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुका साथै गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजर र सामाजिक दूरी कायम गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्