एजेन्सीः अश्लिल चलचित्र (पाेर्न) बनाएकाे आराेपमा भारतीय व्यवसायी राज कुन्द्रालाई मुम्बइ क्राइम ब्रान्चकाे टाेलीले साेमबार राति पक्राउ गरेकाे छ। उनीमाथि अश्लिल चलचित्र बनाएर विभिन्न एप्समार्फत प्रशारण गरेकाे आराेप छ।
मुम्बइ पुलिस कमिश्नर हेमन्त नागराका अनुसार यस्ता चलचित्र बनाउनेमा कुन्द्रा मुख्य याेजनाकार भएकाे र उनीविरुद्ध थुप्रै प्रमाणसमेत रहेकाे छ। यसअघि क्राइम ब्रान्चले कुन्द्रालाई साेधपुछका लागि बाेलाएकाे थियाे। हालसम्म अश्लिल चलचित्र बनाएकाे आराेपमा मुम्बइ क्राइम ब्रान्चले ११ जनाभन्दा बढीलाई गिरफ्तार गरिसकेकाे छ।
राज चर्चित भारतीय अभिनेत्री शिल्पा शेट्टीका श्रीमान हुन्। राजले पाेर्न उद्याेगमा ८ देखि १० कराेड भारतीय रूपैयाँ लगानी गरेकाे बताइएकाे छ। राज र बेलायतमा रहेका उनका भाइ मिलेर 'केनरिन' नामकाे एउटा कम्पनी स्थापना गरेका थिए। उनीहरू भारतमा चलचित्र छायांकन गर्थे भने वी ट्रान्स्फरकाे माध्यमबाट केनरिनलाई भिडियाे पठाउँथे।
भारतकाे साइबर कानुनबाट बच्न उनले बेलायतमा यस्ताे कम्पनी स्थापना गरेकाे बताइएकाे छ।
प्रतिक्रिया